|

धादिङ : वाम गठबन्धनको तर्फबाट धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठी देशभरमै सबैभन्दा ठूलो मतान्तरले विजयी भएका छन्। ४९ हजार १२१ मत प्राप्त गरेका त्रिपाठीले कांग्रेस उम्मेदवार विश्व अर्याललाई २७ हजारभन्दा बढी मतले पराजित गरे। अर्यालले २१ हजार ९६८ मत प्राप्त गरे।

को हुन् त्रिपाठी?

२०२३ सालमा धादिङको मलेखुमा जन्मिएका त्रिपाठी तीन दशकभन्दा लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील छन्। तत्कालीन आदर्श माध्यमिक विद्यालय गजुरीमा अध्ययनरत रहँदा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताउने त्रिपाठी उच्च शिक्षाका लागि काठमाडौं आएपछि पनि अनेरास्ववियुमै क्रियाशील रहे।

त्यस क्रममा उनी ल क्याम्पसको स्ववियु सचिवसमेत बनेका थिए। धादिङ-काठमाडौं सम्पर्क मञ्चमा आबद्ध भएर जिल्लाको राजनीतिसँग पनि जोडिएका त्रिपाठी २०४५ मा पार्टी विभाजन भएपछि जिल्लामा फर्किएर सक्रिय राजनीतिमा लागे। राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका त्रिपाठी हाल एमाले धादिङका अध्यक्षसमेत हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.