|

काठमाडौं : नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट विजयमा ह्याट्रिक गरेका छन्। २०६४ र २०७० सालमा भएको निर्वाचनमा विजयी भएका सापकोटाले यसपटकको निर्वाचनमा पनि विजयी हुँदै ह्याट्रिक पूरा गरेका हुन्।

हालका सूचना सञ्चारमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई हराउँदै सापकोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए।

सापकोटाले ४० हजार ५ सय ४ मत प्राप्त गरे भने बस्नेतले २९ हजार ७ सय ९८ मत प्राप्त गरे। विजयपछि कार्यकर्ता र जनतामाझ खुशी मनाइरहेका सापकोटाले सिन्धुपाल्चोकबासीका मागहरु पूरा गर्ने बचन दिएका छन्। थाहासञ्चार नेटवर्कसंग कुरा गर्दै सापकोटाले जनताको अमु्ल्य मतलाई आफूले उच्च सम्मान गर्दै जनतासंग आफूले गरेको प्रतिबद्धता पूरा गर्न कुनै कसर बाँकी नराख्ने बचन दिए।

उनले सिन्धुपाल्चोकलाई मुलुककै नमुना जिल्ला बनाउने पनि प्रतिवद्धता जनाएका छन्।

सिन्धुपाल्चोकबासीले सडक, शिक्षा, रोजगार र तातोपानी नाका खुलाउन विशेष माग गरेका छन्। यी मागहरु पूरा गराउने सापकोटाको प्रतिबद्धता छ। त्यसैगरी सिन्धुपाल्चोक क्षेत्र नं. २ मा वामपन्थी प्यानलका उम्मेदवार एमाले नेता शेरबहादुर तामाङ विजयी भएका छन्। तामाङले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गर्दै विजयी भएका हुन्। तामाङले ३८ हजार ४०१ मत ल्याए। उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.