|

रुकुम : रुकुम पश्चिमबाट प्रतिनिधीसभा सदस्यमा बिजयी उम्मेदवार जनार्दन शर्माले रुकुम र रुकुमेलीहरुलाई आफूले कहिलै निराश नबनाउने बताएका छन्। अमुल्य मत दिएर रुकुमेली जनताहरु सधैं आफ्नो पक्षमा रहेको भन्दै शर्माले सबै मतदाताहरुलाई धन्यबाद समेत दिएका छन्।

शर्माले शनिबार सदरमुकाम मुसीकोट खलंगामा आयोजना गरिएको विजयसभामा बोल्दै रुकुमेलीको शिर निहुरिन नदिने बताए। ‘म तपाईहरुलाई कहिल्यै निराश बनाउने छैन, रुकुमेलीहरुको शिर निहुरिन दिने छैन' उनले भने, ‘रुकुमेलीहरु मात्र नभएर नेपालका सबै मलाई आशा र बिश्वास गर्ने जनताप्रति म समर्पित हुने प्रतिबद्धता जनाउन चाहन्छु।'

रुकुमको विकास र समृद्धि सपना पूरा गर्न निर्वाचनअघि घोषणा गरिएको आफ्नो मार्गचित्र अनुसार नै अघि बढ्ने बताउदै त्यसका लागि मतदानको बेला जस्तै गरी निरन्तर जनताको साथ र सुझावको आशा र विश्वास राखेको बताए। त्यस्तै रुकुम पश्चिम प्रदेशसभा क का विजयी उम्मेदवार रातो कामीले उत्पीडित समुदायको उम्मेदवारलाई जनताले भारी मतका साथ विजयी गराएर ठूलो गुण लगाएको बताउदै आफू निरन्तर रुकुमको उत्पीडित समयुदायको हकअधिकारसगै दुर्गमगाउँको विकासमा ध्यान केन्द्रित गर्ने बताए।

कार्यक्रममा प्रदेशसभा ख का बिजयी उम्मेदवार गोपाल शर्माले आफूलाई मत हालेर महत्वपूर्ण जिम्मेवारी दिने मतदाताहरुलाई धन्यवाद दिदै आफ्नो प्रतिद्वन्द्वी उम्मेदवारलाई मत हालेका मतदाताहरु पनि हाम्रो उम्मेदवार भएन भनेर निरास नहुन आग्रह गरे। आफ्नो क्षेत्रका समग्र जनताहरुको विकास र सामाजिक न्यायको अभियानमा सबैलाई समेटेर लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे। विजय र्‍याली बजार परिक्रममा गर्दै बराहटा कुरामा गएर सभामा परिणत भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.