|

रुपन्देही : प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मतगणना जारी छ। भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा क्षेत्र नं १, २ र ३ को मतगणना मतगणना भइरहेको छ भने ४ र ५ को शैक्षिक तालिम केन्द्रमा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए। 

पाँच लाख २२ हजार ६०२ जना मतदातामध्ये तीन लाख ९३ हजार १५ मत अर्थात ७५.२१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार क्षेत्र नं १ मा ८७ हजार १९, क्षेत्र नं २ मा ७४ हजार ४०९, क्षेत्र नं ३ मा ८४ हजार १६२, क्षेत्र नं ४ मा ६७ हजार ८६१ र क्षेत्र नं ५ मा ७९ हजार ५६४ मत खसेको छ। 

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले मतगणनास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए।  मतगणनास्थलमा सुरक्षा सतर्कताका लागि सिसी क्यामेराको व्यवस्था मिलाइएको छ, तर तारजाली भने लगाइएको छैन। सुरक्षाकै लागि गणना भइरहेको क्षेत्रभित्र पानी र चिया लैजान पनि दिइएको छैन। 


मतगणनामा खटिएका कर्मचारी र उम्मेदवारका प्रतिनिधिले पानी र चिया खान पनि मतगणनास्थलभन्दा बाहिर आउनुपर्छ।  सुरक्षाका दृष्टिकोणले पानी र चिया निषेध गरिएको निर्वाचन कार्यालयले जनाएको छ। 

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.