|

लमजुङ : लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ। एक प्रतिनिधिसभा रहेको लमजुङमा प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन्। उनी ८ हजार  सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन्। गुरुङले ३९ हजार ४ सय ६८ मत प्राप्त गरे भने प्रतिस्पर्धी कांग्रसका दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे।

यस्तै प्रदेशसभा क मा पनि एमाले उम्मेदवार धनञ्जय दवाडी विजयी भएका छन्। उनी २० हजार २ सय ४४ मत ल्याएर विजयी भएका हुन्। दवाडीका प्रतिस्पर्धी कांग्रसका गर्जबहादुर गुरुङले १३ हजार ८ सय ४३ मत प्राप्त गरे।

मुख्यमन्त्रीका दाबेदार गुरुङ विजयी

लमजुङको प्रदेशसभा ख मा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। उनी ८ हजार ६६ मतान्तरले विजयी भएका हुन्। गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका छन्। चुनावअघि उनले प्रदेश नम्बर ४ को मुख्यमन्त्री आफैँ हुने दाबी गरेका थिए। गुरुङ एमालेका केन्द्रीय सचिव समेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.