|

रौतहट : प्रतिनिधिसभा सदस्यमा मधेश केन्द्रित राजपा नेपालले रौतहटबाट खाता खोलेको छ। रौतहट क्षेत्र नं. १ प्रतिनिधिसभाको सदस्यमा राजपाका उमेदवार अनिल झा विजयी भएका छन्। राजपाका अध्यक्ष मण्डलका सदस्य समेत रहेका झाले ५ हजार ६ सय १ मतको अन्तरले जित हासिल गरेका हुन्। 

झाले २१ हजार ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेदवार कृष्णा यादबले १५ हजार ४ सय ८४ मत प्राप्त गरेका छन्। त्यस्तै वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेदवार सत्यनारायण भगतले ११ हजार ९ सय ६७ मत पाए। 

८१ हजार ९ सय १९ मत रहेको सो क्षेत्रमा ५६ हजार ४ सय ६५ मत खसेको थियो। यो क्षेत्र ३ पटक नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले जित्दै आएको क्षेत्र हो।  पूर्वमन्त्री समेत भएका झाले अब जनताको भावना र मधेसी जनताको भावना अनुसार काम गर्ने प्रतिक्रिया दिएका छन्। रौतहट मधेश आन्दोलनको केन्द्रविन्दु  पनि हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.