|

गुल्मी : गुल्मी क्षेत्र नं  २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव गोकर्णराज विष्ट विजयी भएका छन्। विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत प्राप्त गरे। 

विष्ट १४ हजार ४६१ मतान्तरले विजयी भएका हुन्। यस क्षेत्रमा कुल ५८ हजार ५० मत खसेकोमा २ हजार १९९ मत बदर भएको थियो।  निर्वाचन क्षेत्र नं २ को (२) प्रदेशसभा सदस्यमा माओवादीका दिनेश पन्थी विजयी भएका छन्। १७६०१ मत पाएर विजयी भएका पन्थीका निकटतम प्रतिस्पर्धी कांग्रेसका छन्दबहादुर पहराई मगरले ९५६४ मत पाए। पन्थीले ८ हजार ३६ मतान्तरले जित हासिल गरेका हुन्। 

गुल्मीको प्रतिनिधिसभा क्षेत्र नं २ को ‘१’ प्रदेशमा एमालेका खड्ग केसी विजयी भए। केसीले नेपाली कांग्रेसका शालिकराम पन्थीलाई चार हजार चार सय ९२ मत अन्तरले पराजित गरे। केसीले १६ हजार एक सय ६५ र पन्थीले ११ हजार छ सय ७३ मत प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.