|

बारा : बारा  २ मा संघीय समाजवादी फोरम नेपालले विजयी सुरुवात गरेको छ। फोरमका महासचिव रामसहाय यादव १२ हजार ४ सय ५ मतान्तरले पराजित भएका हुन्। यादवले २८ हजार एक सय ८५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राधेचन्द्र यादवले १५ हजार ७ सय ९० मत मात्र ल्याए। तेस्रो स्थानमा रहेका वाम गठबन्धनका उम्मेदवार शिवचन्द्र कुशवाहाले १० हजार ६ सय ४६ मत प्राप्त गरे। पराजित यादव र कुशवाह दुवै पूर्वसांसद हुन्। यादव २०७० र कुशवाह २०६४ सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

को हुन यादव ?

संघीय समाजवादी फोरमका नेता रामसहाय यादवको जन्म २०२७ सालमा बाराको कर्चोवा ८ मा भएको हो। कंकाली मावि सिम्रौनगढबाट एसएलसीसम्मको शिक्षा लिएका रामसहाय यादवले सितामढी कलेज भारतबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट शिक्षा संकायमा स्नातक गरेका छन्। २०४७ सालदेखि नेपाल सद्भावना पार्टीको राजनीति थालेका यादव २०६४ सालको चुनावमा फोरमबाट समानुपातिक सांसद बनेका थिए। उनी अहिले संघीय समाजवादी फोरम नेपालका महासचिव छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.