|

डोटी : डोटीमा प्रदेशसभा ‘ख’ को मतगणना भइरहेको स्थानबाट नेपाली कांग्रेस बाहिरिएको छ।  प्रदेश नं ‘ख’ को मतगणना भइरहँदा कांग्रेसको पक्षमा झरेका १ सय ५० मतको मुठ्ठालाई कागजमा मत परिणाम इन्ट्री गर्दा कर्मचारीले एकसय मात्रै उल्लेख गरेको भेटिएपछि दलहरुबीच विवाद भई मतगणना रोकिएको थियो।

जनताले गरेको मतदान जस्तो विषयमा कर्मचारीले गैरजिम्मेवारी गरेको कांग्रेस उम्मेदवार शाहीले आरोप लगाएका छन्। शाहीले कानुनी उपचारका लागि अघि बढ्ने बताएका छन्।

मतगणना भने सुरु भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले  जानकारी दिएका छन्।  डोटीमा प्रदेशसभा ‘ख’ मा कांग्रेसबाट योगेन्द्रबहादुर शाही र वाम गठबन्धनबाट त्रिलोचन भट्ट उम्मेदवार छन्।

यसअघिको मत परिणामअनुसार लोकतान्त्रिक उम्मेदवार शाहीले १० हजार ७ सय ४६ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेदवार भट्ट १२ हजार ९ सय ४४ मत प्राप्त गरी अग्र स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.