|

  • जमुना राई-

भोजपुरः भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगनेमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। 

आइतबार दिउँसो २ बजे दुर्घटना भएको हो। को२त ३०१८ नम्बरको ट्र्याक्टर सडकबाट करिव २० मिटर तल खसेको प्रहरी चौकी कोटका प्रहरी सहायक निरीक्षक पुष्प पौडेलले जानकारी दिए। 

घाइते हुनेमा गोगनेका नारद बिसुंखे, इन्द्र रम्तेल र बोलचन्द्र खतिवडा रहेका छन्। घाइतेमध्ये बिसुंखेको अवस्था गम्भीर छ। घाइतेलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.