|
बलदेव दायाँबाट पहिलो।

कपिलवस्तु :  प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनाल बलदेवका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपकुमार उपाध्याय थिए। उपाध्याय भारतका लागि पूर्वराजदूतसमेत हुन्। उनले चुनावमा उम्मेदवारी दिनकै लागि राजदूत पदबाट राजिनामा दिएका थिए।

मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा क्षेत्र नम्बर १ मा बलदेव र उपाध्यायबीच कडा रस्साकस्सी भएको थियो। तर पनि बलदेवले सुरुवाती चरणबाटै अग्रता लिएका थिए।

२०७० सालको संविधानसभाको निर्वाचनमा यी दुवै उम्मेदवार पराजित भएका थिए। तर उनीहरुको दोस्रो भिडन्तमा माओवादी केन्द्रका चक्रपाणि खनाल बलदेव विजयी भए। माओवादी केन्द्रका बलदेवले २९ हजार ७ सय ९९ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याए। बलदेवले उपाध्यायलाई ९ सय ४६ मतान्तरले पराजित गरेका हुन्।

को हुन् बलदेव?

जनयुद्धको बेला बमगोलाकाबीच पैठोजोरी खेल्दै रणभूमिमा उत्रिएका एक सशक्त कमाण्डर हुन्, चक्रपाणि खनाल बलदेव । १४ वर्षको उमेरमा २०३४ सालमा राजतन्त्र विरोधी पर्चा अभियानमा लागेर राजनीतिमा छिरेका बलदेवले चर्चित राजतन्त्रविरुद्धको २०३६ सालको विद्यार्थी आन्दोलनको अगुवाई गरेका थिए।

वि.सं. २०३८ सालमा मसालको सदस्यता लिएका बलदेवले २०४३ सालमा पूर्णकालिन कार्यकर्ता भई बामपन्थी आन्दोलनको अगुवाई गरेका थिए। २०४५ सालमा कपिलवस्तुका ३२ बढी विकासे मुद्धा उठाउन कपिलवस्तु विकास परिषद् गठन गरि आन्दोलन गरेका बलदेव ६ महिना जेलसमेत बसेका थिए।

२०५० सालमा नेकपा एकता केन्द्रको जिल्ला सेक्रेटरी बनेका बलदेव २०५२ सालमा नेकपा माओवादीको नामबाट सुरु भएको जनयुद्धका विभिन्न मोर्चाहरु सम्हाल्दै २०६१ सालको रोल्पाको चुनवाङ बैठकबाट डेपुटी कमाण्डर समेत भए।

वाम आन्दोलनमा ४० वर्ष खर्चिएका बलदेव पञ्चायतकालमा ५ पटक र जनयुद्ध यता २ पटक पक्राउ परी २ बर्षसम्म जेलजीवन बिताइसकेका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा १ नम्बर क्षेत्रमा एमालेबाट पराजित बलदेव अहिले वाम गठबन्धनका साझा उम्मेदवार बनेका थिए। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए। हालसम्म एकपटक पनि मन्त्री नभएका बलदेवले लाभको पदमा रहेर काम गरेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.