प्रदेश २ मा मधेस केन्द्रित र अन्यत्र गठबन्धनकै अग्रता

|
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १६५ मध्‍ये धेरै क्षेत्रको अन्तिम मत परिणाम आएको छ। आइतबार साँझ यो समाचार तयार पार्दा सम्म ४५ स्थानमा अन्तिम परिणाम आउन बाँकी छ। प्रदेश १ का ६, २ का २०, ३ का ३ र प्रदेश ४ का ४ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ। त्यस्तै प्रदेश ५ का ४, ६ को एउटा र ७ का ९ वटा निर्वच क्षेत्रको अन्तिम परिणाम आउन बाँकी छ।

प्रदेश १ का ६ क्षेत्र

संखुवासभामा ९ सय मतले वाम गठबन्धनको अग्रता कायम गरेको छ। एमालेका राजेन्द्र गौतम २० हजार ७१४ प्राप्त गरेका छन्। प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दीपक खड्काले १९ हजार ८६१ मत प्राप्त गरेका छन्।

सुनसरी ४ मा कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २७ हजार ३६७ र एमाले रमेश श्रेष्ठ २१२७४ मत प्राप्त गरेका छन्।

सुनसरी ३ मा एमालेकी भगवती चौधरी २१ हजार ६६५ मत प्राप्त गरेकी छन् भने कांग्रेसका विजय गच्छदार कांग्रेस २० हजार ६८८ मतसहित पछ्याइरहेका छन्।

सुनसरी २ कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसका सीताराम मेहता २४ हजार ८०६ मत प्राप्‍त गरेका छन् भने माओवादी केन्द्रका डम्बर सुवेदीले २१ हजार ९१० मत प्राप्त गरेर प्रतिस्पर्धामा छन्।

सुनसरी १ मा एमालेको अग्रता कायम छ। एमालेका जयकुमार राईले ३६ हजार ७९१ र प्रतिस्पर्धी फोरमका अशोककुमार राईले १८ हजार ८७३ मत प्राप्त गरेका छन्।

उदयपुर १ मा पनि एमालेको अग्रता छ एमालेकी मन्जुकुमारी चौधरी २२ हजार १६८ मत प्राप्त गरेर अग्रता कायम गरेकी छन्। कांग्रेसका डा. नारायण खड्काले २१ हजार ६७३ मत प्राप्त गरेका छन्।

प्रदेश २ मा मधेश केन्द्रित दलको अग्रता

सिरहा ४ मा राजपाका राजकिशोर यादव अगाडि छन्। यादवले १३ हजार ५०७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका अजयशंकर नायकले १२ हजार १८८ मतसहित प्रतिस्पर्धा गरिरहेका छन्।

सिरहा २ मा फोरम नेपालका शत्रुधनप्रसाद सिंहले ५ हजार ७५८ प्राप्त गरेका छन् भने कांग्रेसका रामचन्द्र यादव ५ हजार ४ मतसहित प्रतिस्पर्धामा छन्।

सिरहा १ कांग्रेसका प्रदिप गिरीले अग्रता कायम गरेका छन्। गिरीले १४ हजार २०६ मत ल्याउँदा एमालेका गंगाप्रसाद यादव १० हजार ८७३ मतसहित प्रतिस्पर्धा गरिरहेका छन्।

सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीले ११ हजार ८१६ मतसहित अग्रता कायम गरेका छन् भने राजपाका  मृगेन्द्रसिंह यादवले ८ हजार ८५४ मतसहित प्रतिस्पर्धा गरिरहेका छन्।

धनुषा ४ मा फोरम नेपालका महाजन यादव १४ हजार १६३ मत र एमालेका रघुवीर महासेठको १३ हजार ८४८ मत छ।

धनुषा १ माओवादी केन्द्रका मातृका यादवले ५ हजार १३२ मत प्राप्त गरेर अग्रता कायम गर्दा फोरम नेपालका दीपक कार्की ३ हजार ३८३ मत प्राप्‍त गरी प्रतिस्पर्धा गरिरहेका छन्।

धनुषा २ मा पनि फोरमकै अग्रता छ। फोरमका उमाशंकर अरगरियाले २७ हजार ७७९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका रामचन्द्र झाले १६ हजार ६५० मतसहित प्रतिस्पर्धामा छन्।

महोत्तरी १ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले १६ हजार ३३९ मतसहित अग्रता कायम गर्दा फोरमका लक्ष्मी महतोले १२ हजार ३४५ मत ल्याएका छन्।

महोत्तरी २ मा राजपाका शरतसिंह भण्डारीले २०८४८ मत प्राप्‍त गर्दा कांग्रेसकी किरण यादवले ८ हजार ४५२ मतसहित प्रतिस्पर्धा गरिरहेकी छन्।

सर्लाही १ मा पनि राजपाले अग्रता कायम गरेको छ। राजपाका प्रमोद साह ९ हजार २९८ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ७९० मत प्राप्‍त गरेका छन्।

सर्लाही २ मा राजपाका महिन्द्र राय यादव १९ हजार १३८ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसका जंगीलाल राय १२ हजार ८०४ मतसहित प्रतिस्पर्धामा छन्।  

सर्लाही ३ मा माओवादी केन्द्रको अग्रता छ। माओवादीका रामेश्‍वर राय यादव १२ हजार २६० मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका हरेशप्रसाद महतोले ८ हजार ६६१ म प्राप्‍त गरेका छन्।

सर्लाही ४ मा राजपाका राकेशकुमार मिश्र १५ हजार ७१ मत ल्याउँदा कांग्रेसका अमरेशकुमार सिंहले १४ हजार २३९ मत प्राप्‍त गरेर प्रतिस्पर्धा गरिरहेका छन्।

बारा १ मा कांग्रेस उम्मेदवार उमाकान्त चौधरीले २० हजार २ सय ३५ मत ल्याई अग्रता कायम गरेका छन्। वाम गठबन्धनका उम्मेदवार अच्युत मैनालीले १९ हजार ८ सय ७७ मतसहित चौधरीलाई पछ्याइरहेका छन्।

पर्सा २ मा फोरम नेपालका विमलप्रसाद श्रीवास्तवले १२ हजार ३७२ मतका साथ अग्रता कायम गरेका छन्। कांग्रेसका अजयकुमार चौरसियाले १२ हजार ७८ मत प्राप्‍त गरेर प्रतिस्पर्धा गरेका छन्।

पर्सा ३ मा फोरम नेपालका हरिनारायणप्रसाद रौनियारले ८ हजार ५१५ मतका साथ अग्रता कायम गरेका छन्। कांग्रेसका सुरेन्‍द्रप्रसाद चौधरी ८ हजार २०६ मत प्राप्‍त गरेर प्रतिस्पर्धा गरिरहेका छन्।

पर्सा ४ मा कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसका रमेश रिजालले ८ हजार २५७ मत र राजपाका लक्ष्मणलाल कर्णले ७ हजार ९४१ मत प्राप्‍त गरी प्रतिस्पर्धा गरेका छन्।

प्रदेश ३ मा वाम गठबन्धनकै अग्रता

प्रदेश ३ को परिणाम आउन बाँकी ४ वटै स्थानमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायम छ भने एउटामा नेपाल मजदुर किसान पार्टीको अग्रता छ। काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाले २९ हजार ४०७ मत र कांग्रेसका मधु आचार्यले २० हजार २६८ मत ल्याएका छन्।

काभ्रे १ मा माओवादीमा गंगाबहादुर तामाङले ३० हजार ६१३ र कांग्रेसका तीर्थ लामा २९ हजार ३९० मत प्राप्‍त गरेर प्रतिस्पर्धा गरेका छन्। चितवन १ र ३ दुबैमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे र पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम गरेका छन्।

१ मा सुरेन्द्रप्रसाद पाण्डे ११ हजार १९५ र कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ७ हजार ८ सय ८८ मत र ३ मा माओवादी केन्द्रका प्रचण्डले २४ हजार ९४३ राप्रपाका विक्रम पाण्डेले १९ हजार ५४ मत प्राप्‍त गरी प्रतिस्पर्धा गरिरहेका छन्। भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल अग्रस्थानमा छन् भने दोस्रोमा कांग्रेसका बाबुराजा जोशी छन्। सुवालले १९८३१ र जोशीले १३७८५ मत ल्याएका छन्।

प्रदेश ४ को स्याङ्जाको मतगणना आइतबार बेलुका ८ बजेदेखि मात्रै सुरू भएको छ। नवलपरासी पूर्व १ र दुई का कांग्रेसको अग्रता छ।  नवपरासी १ मा कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ३३ हजार ५०२ र माओवादीका भविश्वर पराजुलीले २९ हजार २९४ मत प्राप्त गरेर प्रतिस्पर्धा गरेका छन्।

नवलपरासी पूर्व २ मा कांग्रेसका विष्णुकुमार कार्की ३३ हजार १९० मत र एमालेका तिलबहादुर महत क्षेत्रीले ३२ हजार ८७६ मतका साथ अग्रता कायम गरेका छन्।

प्रदेश ५ मा वाम गठबन्धनको अग्रता

अर्घाखाँची प्रतिनिधिसभा माओवादी टोपबहादुर रायमाझीले २४ हजार ७८४ र कांग्रेसका डा. रामबहादुर जिसीले १७ हजार ५६३ प्राप्‍त गरेर प्रतिस्पर्धा गरिरहेका छन्।

प्युठानमा जनमोर्चाकी दुर्गा पौडेलले २८ हजार ३३९ र कांग्रेसका डा. गोविन्द पोखरेलले २० हजार ६९२ मत ल्याएका छन्। बाँके १ मा माओवादी केन्द्रका महेश्वर गहतराजको २४ हजार ७८५ र कांग्रेसका माधवराम खत्रीको २१ हजार ४३९ मत आएको छ।

नवलपरासी पश्‍चिम २ मा कांग्रेसका देवेन्‍द्रराज क‌ंडेलले १९ हजार ९६६ मत र माओवादी केन्द्रका घनश्‍याम यादव अहिरले १३ हजार ८ मत प्राप्‍त गरी प्रतिस्पर्धा गरिरहेका छन्।      

प्रदेश ६ को सुर्खेत २ बाँकी

सुर्खेत प्रतिनिधिसभा २ एमालेको अग्रता छ। एमालेका  नवराज रावत २४ हजार ३३४  र कांग्रेसका हृदयराम थानी १८ हजार ९०२ मतका साथ प्रतिस्पर्धा गरेका छन्।

प्रदेश ७ मा पनि गठबन्धनको अग्रता

डोटीको प्रतिनिधिसभामा वाम गठबन्धन प्रेमबहादुर आलेमगर १० हजार १७३ मतले अग्रता कायम गरेका छन्।  कांग्रेसका वीरबहादुर बलायरले ९ हजार ५५ मत प्राप्‍त गरी प्रतिस्पर्धामा छन्।

अछाम १ मा गठबन्धनका यज्ञ बोगटी अगाडि छन्। उनले ४ हजार९ ९५ मत प्राप्‍त गर्दा कांग्रेसका पुष्प शाहले ४ हजार ६० मत प्राप्‍त गरेका छन्।

कैलाली १ मा राजपा अगाडि छ। राजपाका रेशम लाल चौधरीले ९ हजार ९२४ र एमालेका मदनकुमारी शाहले २ हजार १८४ मत प्राप्‍त गरेका छन्।

कैलाली २ मा एमाले अगाडि

कैलाली २ मा एमालेका झपटबहादुर रावलले ५४४७ र कांग्रेसका मोहनसिंह राठौरले ३ हजार ५४९ मत ल्याएका छन्।

कैलाली ३ र ४ मा माओवादी केन्द्रको अग्रता छ। ३ मा माओवादी केन्द्रका गौरीशंकर चौधरीले २० हजार १६२ र कांग्रेसका रामजनम चौधरीले १६ हजार ७९२ मत प्राप्‍त गरेका छन्।

कैलाली ४ मा माओवादी केन्द्रका लेखराज भट्टले २५ हजार ९०६ र कांग्रेसका सुनिलकुमार भण्डारीले १६ हजार ७६६ मतका साथ प्रतपस्पर्धा गरेका छन्।

कञ्‍चनपुर १ माओवादी केन्द्रकी विना मगरले २५ हजार १२१ र कांग्रेसका दिवानसिंह बिष्‍टले १२ हजार ९६६ मत प्राप्‍त गरेका छन्।

कञ्‍चनपुर २ र ३ मा एमालेको अग्रता छ। २ मा एमालेका नरबहादुर धामी २६ हजार ४७५ र कांग्रेसका नारायणप्रकाश साउदले १९ हजार ६७४ मत प्राप्‍त गरेर अग्रता कायम गरेका छन्। कञ्‍चनपुर ३ मा एमालेका दीपकप्रकाश भट्ट १७ हजार ८८ र कांग्रेसका रमेश लेखक १६ हजार ७८८ मत प्राप्‍त गरेर प्रतिस्पर्धा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.