|

जुम्ला : मतगणना सम्पन्न भइसकेको जुम्लामा समानुपातिकतर्फ पनि माओवादी केन्द्र पहिलो भएको छ। माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ १० हजार ९ सय ८८ मत प्राप्त गरेको छ। १० हजार ९ सय २९ पाई कांग्रेस दोस्रो भएको छ भने एमालेले १० हजार ६ सय ९४ मत प्राप्त गरेको छ।

नेमकिपाले २ हजार ४ सय ३ र राप्रपाले १ हजार ५ सय ८१ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फ राप्रपा (राष्ट्रवादी), नयाँ शक्ति लगायतका पार्टीले पनि केही मत ल्याएको सहायक निर्वाचन अधिकृत इन्द्र खड्काले जानकारी दिए।  

प्रदेशसभामा पनि माओवादी केन्द्र पहिलो पार्टी बनेको छ। उसले १० हजार ४ सय २० मत प्राप्त गरेको छ। कांग्रेसले १० हजार ४ सय १४ मत र एमालेले १० हजार ४ सय ६ मत ल्याएका छन् । नेमकिपाले २ हजार ४ सय ९५ र राप्रपाले ७ सय ७६ मत प्राप्त गरेका छन्।

जुम्लामा  ४१ हजार ४ सय ५६ मत खसेको थियो। खसेकोमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ७४ मत बदर भएको छ। त्यस्तै प्रदेशसभामा ३ हजार ९ सय ४७ बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।    

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा 'क' मा माअोवादी केन्द्र विजयी भएको छ भने 'ख' मा एमाले विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.