|

कावासोती : नवलपरासी बर्दघाट सुस्ता पूर्व क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार शशांक कोइराला विजयी भएका छन्। कांग्रेसका महामन्त्री रहेका कोइरालाले माओवादीका उम्मेदवार भवीश्वर पराजुलीलाई ४ हजार ५ सय २७ मत अन्तरले पराजित गरेका हुन्।

कोइरालाले ३७ हजार ३ सय ७३ मत पाएका छन् भने पराजुलीले ३२ हजार ८ सय ४६ मत ल्याएका छन। प्रतिनिधिसभामा कोइरालाको यो तेस्रो जित हो। 

त्यस्तै क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा कांग्रेसका कृष्णचन्द्र नेपाली विजयी भएका छन्। उनले माओवादी केन्द्रका सूर्य न्यौपानेलाई हराएका हुन्। नेपालीले १७ हजार ६८३ मत पाए भने न्यौपानेले १७ हजार ३११ मत ल्याए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.