|

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन भएका १६५ निर्वाचन क्षेत्रमध्ये २२ स्थानको नतिजा आउन बाँकी छ। बाँकीमध्ये सबैभन्दा धेरै एमाले ७ स्थानमा अघि छ। यस्तै माओवादी र राजपा समान ४ तथा कांग्रेस र संघीय समाजवादी ३-३ स्थानमा छन्। यस्तै भक्तपुर १ मा नेमकिपा अगाडि छ।

यसमा पनि सुनसरी ३ मा कांग्रेस एमालेभन्दा र सिरहा २ मा संघीय समाजवादी माओवादीभन्दा झिनो मतले मात्र अघि छन्।

हालसम्म नतिजा आएकामा एमालेले ७४, माओवादीले ३१, कांग्रेसले १९, संघीय समाजवादीले ८, राजपाले ७ तथा नयाँ शक्ति, राप्रपा, राजमो र स्वतन्त्रले १-१ स्थानमा  जित हात पारेका छन्।

हेर्नुहोस् कहाँ कसको अग्रता?

एमालेले अग्रता लिएका ७ स्थान
१. सर्लाही- २
२. कैलाली- २
३. कञ्चनपुर- ३
४. काभ्रे - २
५. स्याङ्जा - १
६. स्याङ्जा - २
७. संखुवासभा

माओवादीले अग्रता लिएका ४ स्थान
१. चितवन- ३
२. धनुषा- १
३. सर्लाही- ३
४. अर्घाखाँची

राजपाले अग्रता लिएका ४ स्थान
सर्लाही- २
सर्लाही- ४
पर्सा- ४
कैलाली- १

कांग्रेसले अग्रता लिएका ३ स्थान
१. सुनसरी- ३
२. नवलपुर- २
३. सिरहा- १

संघीय समाजवादी फोरमले अग्रता लिएका ३ स्थान
पर्सा- ३
महोत्तरी- ४
सिरहा- २

नेमकिपाले अग्रता लिएको १ स्थान
भक्तपुर- १

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.