|

भक्तपुर : भक्तपुर क्षेत्र नं १ मा  प्रदेशसभाको दुई वटै सिटमा छुट्टाछुट्टै दलले जित हासिल गरेका छन्। प्रदेशसभा १ मा एमालेका हरिशरण लामिछाने विजयी भएको छन् भने प्रदेशसभा २ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसार्इं भारी मतले विजयी भएका छन्। 

भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा १ मा एमालेका हरिशरण लामिछाने  कांग्रेसका जीवन खत्रीलाई २ हजार ८ सय १२ मतान्तरले पराजित गरे। एमालेका लामिछानेले १२ हजार ७ सय ४७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खत्रीले ९ हजार ९सय ७७ मा चित्त बुझाएका छन् । यस्तै, नेमकिपाका नीरज लवजुले ७ हजा १९मत प्राप्त गरेका छन्।

यसैगरी, भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा २ मा  नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइले वाम गठबन्धनका रोमन शिलाकारलाई  १५ हजार ८ सय २२ मतान्तरले हराएका छन । नेमकिपाका गोसाईले  २३ हजार ८ सय ८५ मत ल्याएर विजयी हुँदा वाम गठबन्धनका शिलाकारले ८ हजार ६३ मा चित्त बुझाएका छन् । यस्तै, कांग्रेसका अनील भुजुले ५ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.