|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको सबै क्षेत्रमा वाम गठबन्धनका उमेदवारहरको विजयी भएको छ। सोमबार सम्पन्न भएको मत गणनाको परिणामअनुसार वाम गठबन्धनका सबै उम्मेदवारहरुको विजयी भएको जनाएको छ।

विजयी हुनेमा प्रतिनिधिसभा क्षेत्र नं. १ का वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङ (बमध्वज) रहेका छन्। उनले ४३ हजार ६ सय ३१ मत प्राप्त गरेका छन्। उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, क्षेत्र नं. २ का वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका गोकुल बास्कोटाले ५४ हजार ४२७ मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले ३६ हजार ५७९ मत प्राप्त गरेका छन्।

त्यस्तै, प्रदेश सभा सदस्यतर्फ प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा १ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका रत्न प्रसाद ढकालले २५ हजार १०६ मत प्राप्त गरी विजयी भएका छन्।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र बहादुर लामा (सिबी)ले १७ हजार १७ हजार ८ सय ५५ मत प्राप्त गरेका छन्। त्यसैगरी, प्रदेशसभा २ मा नेकपा एमालेका चन्द्र लामाले २४ हजार ४४७ मत प्राप्ति गरी विजयी भएका हुन्। उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गणेश लामाले २० हजार २७० मत प्राप्त गरेका छन्।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमालेका लक्ष्मण लम्सालले २५ हजार १०६ मत प्राप्त गरी विजयी भएका हुन् भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका सुन्दरमणी आचार्यले १७ हजार ८५५ मत प्राप्त गरेका छन्।

त्यस्तै २ मा बसुन्धरा हुँमागाईले २८ हजार ६७७ मत प्राप्त गरी विजयी भएका छने भने उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठले २१ हजार ७८० मत प्राप्त गरेका छन्।

४ प्रतिशत मत बदर

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोक जिल्लाबाट कुल खसेको मतमा ४ दशमलव ३० मत बदर भएको छ। जिल्लाको दुई वटा प्रतिनिधिसभा क्षेत्रमा गरी कुल १ लाख ९२ हजार ८८० मत खसेकामा ८ हजर २९९ मत बदर भएको मुख्य निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ।

मतदाता शिक्षामा राजनीतिक दल र निर्वाचन कार्यालयले मतदातालाई उचित शिक्षा दिन नसक्दा धेरै मत बदर भएको आम मतदाताहरुले अनुमान गरेका छन्। जिल्लामा २ लाख ७२ हजार २९२ जना मतदाता रहेका छन्।

विजयी उमेदवारहरुलाई निर्वाचन कार्यालयल वितरण गरे प्रमाणपत्र जिल्ला निर्वाचन कार्यालय धुलिखेलले सोमबार निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सांसदहरुलाई प्रमाणपत्र वितरण गरेका छन्। धुलिखेलमा कार्यक्रमको आयोजना गरी प्रमाण पत्र वितरण गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.