|
फाइल फोटो

सुनसरी : सुनसरी ३ को मतगणना स्थागित भएको छ। मतपेटिकामा अर्धकट्टीसहितको ९ वटा मतपत्र र २० रुपैयाँको नोट राखिएको अर्को मतपत्र भेटिएपछि विवाद भएको छ। गणना भइरहेको मतपत्रभित्र २० रुपैयाँको नोट भेटिएको र अन्य ९ वटा मतपत्र अर्धकट्टीसहित भेटिएको हो। अर्धकट्टीसहित भेटिएको मतपत्र सार्वजनिक गर्न र सिरियल नम्बर देखाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले नमानेपछि विवाद भएको एमाले सचिव भीम आचार्यले जानकारी दिए।

अर्धकट्टीसहित भेटिएका मत बदर हुनुपर्ने वाम गठबन्धनले माग राखेको छ। अहिले समस्या समाधान गर्नका लागि सर्वदलीय बैठक बसेको छ। बैठकमा सहभागी एमाले सचिव भीम आचार्यले पैसा भेटिएको मतपत्र बदर गर्ने सहमति भएको तर अर्धकट्टीसहित भेटिएको मत बदर नभएकाले मतगणना स्थागित गरेको बताए।

अहिलेसम्म भएको मतगणनामा वाम गठबन्धनका उम्मेदवार भगवती चौधरी १ सय ५५ मतले अगाडि छिन्। त्यहाँ नेपाली कांग्रेसका उम्मेद्ववार विजय गच्छदारले २९ हजार एक सय सय ७१ मत ल्याएका छन् भने भगवतीको २९ हजार ३ सय २६ मत रहेको छ। अझै २० हजार मत गन्न बाँकी रहृेको अवस्थामा विवाद उत्पन्न भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.