|

डडेल्धुराः प्रतिनिधिसभाको समानुपातिकतर्फ घोषित मत परिणामअनुसार डडेल्धुरामा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ। 

प्रतिनिधिसभाको समानुपातिकतर्फ २५ हजार १४८ मत प्राप्त गर्दै कांग्रेस पहिलो भएको हो। एमाले दोस्रो स्थानमा र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन्। 
कांग्रेसले २५ हजार १४८ मत पाउँदा नेकपा एमालेले १४ हजार १८० र नेकपा माओवादी केन्द्रको सात हजार ९५७ मत प्राप्त गरेका छन्। 

यस्तै, राप्रपाको १९९, राष्ट्रिय जनता पार्टीको १९, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको २६५, संघीय समाजवादी फोरमको २३, एकल चिह्न हँसिया तारा लिएको पार्टीको पक्षमा ९९, राष्ट्रिय जनमोर्चाको ३०३, नेपाल मजदुर किसान पार्टीको २४, राष्ट्रिय जनमुक्ति पार्टीको १३, नेपाली जनता दलको १२२, संघीय लोकतान्त्रिक राष्टिय मञ्च थरूहटको ७, नयाँ शक्ति पार्टी नेपालको ४२ र विवेकशील साझा पार्टीको ३६३ मत आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.