|

उदयपुरः उदयपुरको ताप्ली गाउँपालिका– ५ रूपाटारमा बिजुलीको तार सट भई आगलागी हुँदा तीन लाख रुपैयाँभन्दा बढी क्षति भएको छ।

ताप्ली गाउँपालिका– ५ का चित्रबहादुर बुढाथोकीको दुई तले घरमा सोमबार बिहान आगलागी भई क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको हो। सोमबार बिहान ८ बजे गाउँमै निकालिएको लघु विद्युतको बिजुलीको तार सट भई अचानक लागेको आगोले उनको घर तथा घरभित्र भएका सम्पूर्ण सामान जल्दा झण्डै तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए। घरका लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको प्रहरीको भनाइ छ।

उक्त आगो स्थानीयवासी र रूपाटार प्रहरी चौकीको प्रयासमा नियन्त्रणमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.