|

दिपक शर्मा-

    सल्यान : सल्यानमा वाम गठबन्धनले जित हात पारेको छ। सल्यानमा रहेको एक प्रतिनिधिसभा र दुई प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले जित हात पारेको हो। प्रदेश न ६ को मुख्यमन्त्रीको दाबेदारको रुपमा रहेका प्रकाश ज्वाला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र न ‘ख’ बाट निर्वाचित भएका हुन्।

    सल्यान प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका डिल्लीराज रेग्मीलाई फराकिलो मतान्तरले पराजित गर्दै ज्वाला विजयी बनेका हुन्।

    ज्वाला २०५६ सालमा सल्यान निर्वाचन क्षेत्र १ र २०७० सालमा निर्वाचन क्षेत्र न २ बाट निर्वाचित भएका थिए भने २०६४ सालको चुनावमा भने क्षेत्र न १ बाट पराजित भएका थिए।

    निर्वाचित भएपछि प्रतिक्रिया दिँदै ज्वालाले पार्टीले दिएको जिम्मेवारी र सल्यानी जनताको भावनाको कदर गर्दै अघि बढ्ने बताए। पार्टीले यदि ६ नं प्रदेशको जिम्मेवारी दिए त्यसलाई स्वीकार गर्दै अघि बढ्ने बताए। पाँच वर्षको अवधिमा सल्यानमा परिवर्तनको अनुभूति दिलाउनेसमेत प्रतिबद्धता जनाए।

    यसैगरी, प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रका टेकबहादुर बस्नेत निर्वाचित भएका छन्। उनले  ४० हजार ८ सय ९७ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाह २९ हजार ७ सय ६७  मत ल्याई परिजित  भए।

    यस्तै, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ‘क’ मा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ‘क’ मा नेकपा एमालेका गुलाव जंग शाह विजयी भएका छन्। शाह १९ हजार ६ सय ५८ मत ल्याई विजयी भएका हुन्। निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका एकराज डाँगीले १० हजार ६ सय १२ मत ल्याएका छन्।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.