|

  • दाना शाही-

जुम्ला : मंगलबार परेको हिमपातले गर्दा वार्षिक परीक्षा दिँदै गरेका तिला गाउँपालिकाका विद्यार्थीलाई गाह्रो भएको छ। चिसोका कारण बाहिर मैदानमा परीक्षा दिँदै गरेका उनीहरु चिसो अवस्थामा कोठामा परीक्षा दिन बाध्य भएका छन्।

मंसिर १८ गतेदेखि तिला गाउँपालिकाभरी कक्षा ८ कक्षा छोडेर एकदेखि १० कक्षासम्मको परीक्षा भइरहेको अवस्थामा बीचमा हिउँ परेपछि विद्यार्थीहरुलाई निकै कठिन भएको तिला ८ मा रहेको देउराली मावि जुम्लाकोट जुम्लाका शिक्षक परिमल बस्नेतले जानकारी दिए।

अन्य कक्षाको अन्तिम दिन भए पनि कक्षा ८ को जिल्लास्तरीय परीक्षा २२ गतेबाट सुरु भएकोले यिनी विद्यार्थीहरुलाई लेख्न र बस्न समस्या भएको उनले बताए। परीक्षा रोक्न सकेका छैनौँ, आगो कोठामा आगो बालेर पनि परीक्षा सञ्चालन गरेका छौँ, उनले भने। यसले विद्यार्थी मात्र नभई सबैलाई अप्ठ्यारो बनाएको उनले बताए। 

चिसो बढे पनि कार्यतालिकाअनुसार जानै पर्ने बाध्यताले परीक्षा नरोकेको तिला गाउँपालिकास्तरीय परीक्षा सञ्चालन समितिका संयोजक बद्रीनारायण यादवले जानकारी दिए।

चिसोको बीचमै तिला गाउँपालिकाका ९ वडामा रहेका प्रावि, आधारभूत र मावि विद्यालय गरेर २६ विद्यालयका झन्डै ५ हजार विद्यार्थीले परीक्षा दिएको संयोजक यादवले बताए। उनका अनुसार यही २९ गते कक्षा ८ को परीक्षा सकिन्छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.