|

काठमाडौं: माघ ४ देखि प्रदर्शनमा आउन लागेको फिल्म 'पिंजडा ब्याक अगेन'को ट्रेलर रिलिज भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरमा एक्सन, प्रेम र रोदनलाई देखाइएको छ। ट्रेलर एक्सनप्रधान देखिन्छ।

हिमाल केसीको निर्देशनमा तयार भएको फिल्ममा निखिल उप्रेती, सारा सिर्पाली, ज्याक श्रेष्ठ, पुकार भट्टराई, भोला सापकोटा, कुशाग्र भट्टराई, विना थापालगायतको अभिनय रहेको छ। फिल्ममा हिमाल केसी द्वन्द्व निर्देशक र निखिल उप्रेती एक्सन स्टार जोडिएकाले पनि फिल्म एक्सनप्रधान बनेको छ।

श्रीराम बरालको प्रस्तुतिमा तयार भएको फिल्ममा रोहित पुरी, चन्द्रबहादुर क्षेत्री, गोविन्द गैरेको लगानी रहेको छ। वसन्त शर्मा र सुशान्त श्रेष्ठ यस फिल्मका कार्यकारी निर्माता हुन्।

यस फिल्ममा मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायांकन, बनीष शाह र मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको करियोग्राफी, राजनराज शिवाकोटी, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत रहेको छ।

हेर्नुहोस् ट्रेलर

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.