|

  • भोजराज कार्की-

सोलुखुम्बुः प्रत्यक्षतर्फ पराजय भोगेको कांग्रेसलाई सोलुखुम्बुमा समानुपातिक निर्वाचन प्रणालीतर्फ पहिलो मत प्राप्त भएको छ। 

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुका तीनै स्थानमा वाम गठबन्धनसँग पराजित भएको कांग्रेसलाई तीनै स्थानमा समानुपातिकतर्फ पहिलो मत प्राप्त भएको छ। एमालेलाई दोस्रो र माओवादी केन्द्रलाई तेस्रो मत प्राप्त भएको छ।

कांग्रेसलाई प्रतिनिधिसभातर्फ समानुपातिकमा १५ हजार १४८ मत प्राप्त भएको भने नेकपा एमालेलाई १२ हजार ६६, नेकपा माओवादी केन्द्रलाई सात हजार ६७३, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ५८५ र नयाँ शक्ति पार्टी नेपाललाई ३७६ मत प्राप्त भएको साहायक निर्वाचन अधिकृत मुरारी वस्तीले जानकारी दिए।

यस्तै, राजपालाई ६१, राष्ट्रिय प्रजातान्त्रिक पार्टीलाई ३५, संघीय समाजवादी फोरम नेपाललाई २४८ प्राप्त भएको छ। प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ नेपाली कांगे्रसलाई १३ हजार ४४७, नेकपा एमालेलाई १० हजार ४५८, नेकपा माओवादी केन्द्रलाई आठ हजार ३१ र नयाँ शक्ति पार्टी नेपाललाई ४०६ मत प्राप्त भएको साहायक निर्वाचन अधिकृत वस्तीले बताए। 

समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभातर्फ चार हजार ६४९ मत र प्रदेशसभातर्फ छ हजार ७६३ मत बदर भएको छ। ६९ हजार ४११ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४२० मत खसेको थियो। एमाले–माओवादीको गठबन्धन र मतदाता शिक्षाको कमीले बढी मत बदर भएको हुन सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.