|
File Photo

जुम्ला : आज बिहान ११ बजेदेखि कर्णालीमा हिमपात भएको छ। जुम्ला, मुगु, हुम्ला र डोल्पामा हिमपात भएको हो।

हिमपातले यहाँको जनजीवन प्रभावित बन्दै गएको छ। बेसीमा सामान्य हिमपात भएपनि लेकमा बढी हिमपात भएको छ। आज कर्णालीमा माइनस ६ डिग्री तापक्रम रहेको र यो अझै बढ्न सक्ने मौसम फिल्ड कार्यालय जुम्लाले जनाएको छ। 

हिमपातले ज्येष्ठ नागरिक, अशक्त–अपांगहरु बढी प्रभावित भएका छन्। जिल्ला प्रशासन, मालपोत र नगरपालिकाका सरकारी कार्यालयका कर्मचारीले कार्यालय परिसरमा आगो बालेर सेवा प्रवाह गरिरहेका छन्। चिसोले खासगरी यही मंसिर २२ गतेबाट सञ्चालन भएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिइरहेका विद्यार्थीलाई निकै कठिन भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ।

जाडोले भाइरलका बिरामी बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निमित्त मेडिकल डाइरेक्टर डा सूर्यमान लिम्बुले बताए। बढ्दो जाडोले कतिपय स्थानमा पानी जमेर पाइप फुट्दा र धारासमेत भाँचिदा खानेपानीको अभाव हुँदै गएको बताइन्छ। हिमपातका कारण फाटफुट रुपमा सडक मार्गमा गाडी चले पनि जुम्ला–नेपालगन्जको हवाई उडान हुन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.