|

  • मिलन विश्वकर्मा-

पाल्पा: पाल्पामा समानुपातिकतर्फ पनि नेकपा एमालेले बढी मत प्राप्त गरेको छ। मंगलबार सम्पन्न मतगणनाको नतिजाअनुसार एमालेले ५७ हजार १०९ मत प्राप्त गरेको छ भने कांग्रेसले ४६ हजार ३६ मत प्राप्त गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले आठ हजार ३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले बताए।

पाल्पा क्षेत्र नम्बर- १ मा एमालेले ३० हजार ११४ मत ल्याएको छ। कांग्रेसले २२ हजार ९४५ र माओवादी केन्द्रले एक हजार ९४९ मत प्राप्त गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१, संघीय समाजवादी फोरमले ६३, राष्ट्रिय जनमोर्चाले २१७, राष्ट्रिय जनमुक्ति पार्टीले १२३, नेपाली जनता दलले १०७, नयाँ शक्ति पार्टी नेपालले ४१, मंगोल नेशनल अर्गनाइजेशनले ९२२, विवेकशील साझा पार्टीले ४९५ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर- १ को प्रदेशसभा 'क'मा नेकपा एमालेले १६ हजार ५९७, कांग्रेसले १२ हजार ६२२, नेकपा माओवादी केन्द्रले ६८४ मत प्राप्त गरेका छन्। राष्ट्रिय जनमोर्चाले १९१, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले ५४, मंगोल नेशनल अर्गनाइजेशनले ७६, विवेकशील साझा पार्टीले १८६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा 'ख'मा एमालेले १२ हजार ८८७, नेपाली कांग्रेसले नौ हजार ६५३, माओवादी केन्द्रले एक हजार २३४ मत प्राप्त गरेका छन्। यस्तै मंगोल नेशनल अर्गनाइजेशनले ८६३, विवेकशील साझा पार्टीले १६६, राष्ट्रिय जनमोर्चाले ५८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १५, राप्रपा प्रजातान्त्रिकले १७, संघीय समाजवादी फोरमले ६७, नयाँ शक्ति पार्टी नेपालले १७ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ ५९ हजार ४०७ मत खसेको थियो भने त्यसमध्ये एक हजार ६५६ मत बदर भएको सहायक निर्वाचन अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए।

क्षेत्र नम्बर- २ मा नेकपा एमालेले २६ हजार ९९५, नेपाली कांग्रेसले २३ हजार ९१  र माओवादी केन्द्रले छ हजार ८१ मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले एक हजार ४१८, मंगोल नेशनल अर्गनाइजेशनले ८८३, राष्ट्रिय जनमुक्ति पार्टीले ८३५, राष्ट्रिय जनमोर्चाले ५१७, राप्रपाले १३८, राप्रपा प्रजातान्त्रिकले १८३ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर- २ प्रदेशसभा 'क'मा नेकपा एमालेले १४ हजार ९७३, नेपाली कांग्रेसले १२ हजार ४५६, नेकपा माओवादी केन्द्रले एक हजार ८८९ मत प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ७९५, मंगोल नेशनल अर्गनाइजेशनले ७६१, राप्रपाले १०२, राप्रपा प्रजातान्त्रिकले ५५, राष्ट्रिय जनमोर्चाले १६९, राष्ट्रिय जनमुक्ति पार्टीले ५९०, नयाँ शक्ति पार्टी नेपालले ६२ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर- २ प्रदेशसभा 'ख' मा एमालेले १० हजार ६४८, कांग्रेसले १० हजार १४७, माओवादी केन्द्रले पाँच हजार ९६ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय जनमोर्चाले ३७१, राष्ट्रिय जनमुक्ति पार्टीले २४३, विवेकशील साझा पार्टीले १६३, मंगोल नेशनल अर्गनाइजेशनले १२८, राप्रपाले २८, राप्रपा प्रजातान्त्रिकले १०१ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.