|

  • अर्जुन सुवेदी-

सुनसरीः रूपन्देही ११ सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। स्थानीय दुहवी रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वार्टर फाइनलमा हिमालयन शेर्पालाई ३–० गोल अन्तरले पराजित गर्दै रूपन्देहीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। 

मंगलबारको खेलमा पहिलो हाफको ११औँ मिनेटमा रूपन्देहीका अम्बर डंगोलले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको हिमालयन शेर्पाका लक्ष्मण बीसीले खेलको ४३औँ मिनेटमा आत्मघाती गोल उपहार दिएपछि रूपन्देहीको जीत सहज बनेको हो। 

रूपन्देहीका लागि खेलको इञ्जुरी समयमा विदेशी खेलाडी अब्बाले एक गोल गर्दा अन्तिम नतिजा ३–० भएको हो। मंगलबारको खेलको म्यान अफ द म्याच विजयी टिम रूपन्देहीका अब्बा घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार पाए। 

रूपन्देहीले अब बिहीबार हुने अन्तिम सेमिफाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मीसँग प्रतिष्पर्धा गर्नेछ। आर्मीले मोरङ ११ लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। 

प्रतियोगितामा बुधबारदेखि सेमिफाइनलका खेलहरू सुरु हुनेछन्। बुधबारको पहिलो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज काठमाडौंबिच हुने आयोजकले जनाएको छ। पुस १ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ। विजेताले चार लाख रुपैयाँ र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.