|

धनकुटा : भारी मतका साथ विजयी भएका वाम गठबन्धन धनकुटाका साझा उम्मेदवारहरु फेरि मतदाताका घरदैलोमा निस्केका छन्। आफूलाई मतदान गरी चुनाव जिताउने मतदातालाई धन्यवाद दिन उनीहरू घरदैलोमा निस्केका हुन्।

प्रतिनिधिसभाका लागि एउटामात्र र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका साझा उम्मेदवार एमाले जिल्ला अध्यक्ष राजेन्द्र राई र प्रदेश

क्षेत्र ‘क’ मा वाम गठबन्धनका एमाले जिल्ला उपसचिव निरन राई तथा प्रदेश क्षेत्र ‘ख’ मा वाम गठबन्धनका एमाले एक नम्बर प्रदेश सल्लाहकार समिति सदस्य इन्द्रमणि पराजुली विजयी भएका थिए।

उनीहरू जिल्लाका ६० वटै वडाका मतदाताहरुलाई भेटी धन्यवाद दिने कार्यक्रम बनाइ वडावडामा घरदैलो गरिरहेका छन्। यता वाम गठबन्धन धनकुटाले एक विज्ञप्ति जारी गर्दै आफ्ना उम्मेदवारलाई मतदान गरी जिताउने मतदातालाई धन्यवाद दिइसकेको छ।

पूरा गर्लान् त उम्मेदवारले गरेका प्रतिबद्धता ?

एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको धनकुटामा वाम गठबन्धनबाटका उम्मेदवारहरु भारी मतान्तर सहित विजयी भएका छन्। विजयी भएसँगै उनीहरूलाई थप भारी बोकाएका छन् जिल्लाबासीले।

५ वर्षका लागि विजयी भएका उनीहरूले चुनावमा बोलेका एजेन्डा हातहातमा लिएर बसेका छन् धनकुटाबासी।

वाम गठबन्धनका उम्मेदवारलाई विजयीको सफलतासँगै चुनौती पनि छ। अन्य नेताहरुको तुलनामा राम्रो काम गरेको भनेर चिनिएकाले विजयी भएका उनीहरूल धनकुटालाई प्रादेशिक राजधानी बनाउने हरेक चुनावी आमसभामा उदघोष गरे भने उनीहरूको घोषणापत्रमा उल्लेख गरेका छन्।

उनीहरुले जिल्लाका सबै गाउँका बाटालाई कालोपत्रे गर्ने, बेलहारा डाँडामा विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने, तमोर लेटाङ डाइभर्सन परियोजना विकासमा सरकारी लगानी गर्न पहल गर्ने, पाख्रिवास

कृषि अनुसन्धान केन्द्रलाई कृषि विश्वविद्यालय बनाउने, प्रत्येक स्थानीय तहमा प्राविधिक र व्यावसायिक शिक्षालयको नीति बनाइ लागू गर्ने, हरेक स्थानीय तहमा २५ शय्याको अस्पताल निर्माण गर्ने, धनकुटामा प्रादेशिक स्तरको अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

सिँचाइ उपलव्ध नभएका सबै फाटहरुमा सिँचाई सुविधा गर्ने, सबै स्थानीय तहमा स्तरीय खेलकुद मैदान निर्माण गर्ने, एक घर एक रोजगारीको कार्यक्रममार्फत रोजगारीको प्रत्याभूति गर्ने, ५ वर्षभित्र कोही पनि

घरबारविहीन नहुने, हरेक स्थानीय तहका वाणिज्य बैंकको शाखा स्थापना गर्ने, जिल्लाका पर्यटकीय गन्तव्य विस्तारका लागि केबुलकार सञ्चालनको सम्भाव्यता हेरी निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने लगाएतका महत्वकाक्षी योजना चुनावी एजेण्डा लिएर विजयी भएका उनीहरूले एजेण्डा पुरा गर्ने अपेक्षा जिल्लाबासीले लिएका छन। पाचँ वर्षको अवधिमा उनीहरूले गरेको प्रतिबद्धता पूरा गरेको हेर्न जिल्लाबासी आतुर छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.