|

कालिकोट : जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएर अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएकी खाँडाचक्र नगरपालिका– १ की चन्द्रा शाहीको चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीय आन्दोलिन भएका छन्।

शाहीको अप्रेसन गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन्। सोमबार राति अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारण हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो।

उनको काठमाडौंमै मृत्यु भएको स्थानीय दुर्गा शाहीले बताइन्। ‘जिल्ला अस्पताल कालिकोटको लापवाहीका कारण मृत्यु भएको हो,’ उनले भनिन्, ‘ज्यान लिने डाक्टरलाई कारवाही गरिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.