|

सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विजयी भएका छन्। बुधबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ३ सय ५१ मत प्राप्त गरिन्। गच्छदारले चौधरीलाई ३ सय २१ मतले पछि पारेर विजयी भएका हुन्। योसँगै सुनसरीमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ। प्रतिनिधिसभातर्फ कांग्रेसले ३ सिट जितेको छ भने एक स्थानमा एमाले विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.