|

भोजपुर : मतदाता शिक्षा प्रभावकारी नहुँदा भोजपुरमा समानुपातिकतर्फ ९ हजार बढी मत बदर भएको छ। भोजपुरको दुवै क्षेत्र गरी जम्मा ९ हजार १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ६५ हजार ९ सय ८ मत खसेकामा सदर मत भने ५६ हजार ८ सय ९३ रहेको थियो।

त्यस्तै, ९ हजार १५ मत बदर भएको छ। दुईवटा क्षेत्र रहेको भोजपुरमा प्रदेश ‘क’ बाट ५ हजार ८ सय ५१ मत बदर भएको छ भने प्रदेश ‘ख’ बाट ३ हजार १ सय ६४ मत बदर भएको हो।

यसैगरी, प्रत्यक्ष तर्फको मत गणनामा पनि १० प्रतिशतको हाराहारीमा मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। समयमा प्रभावकारी मतदाता शिक्षा नहुँदा धेरै मत बदर भएको निर्वाचन कार्यलयले दाबी गरेको छ।

प्रत्यक्ष तर्फको मतगणना सकिएपछि सुरु भएको समानुपातिकतर्फको मतगणना पनि सोमबार बेलुका सकिएको छ। समानुपातिकतर्फ पनि नेकपा एमाले पहिलो स्थानमा रहेको छ। यसैगरी, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.