|

महेश्वर अधिकारी-

    बारा : बाराको क्षेत्र नम्बर २ अन्तर्गत पचरौता नगरपालिका २ बेल्दारीमा संघीय समाजवादी फोरमले विजय जुलुस मनाउने क्रममा झडप भएपछि प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ।

    संघीय समाजबादी फोरमका कार्यकर्ताले निकालेको विजय जुलुसका क्रममा स्थानीय समूहले अवरोध गरेपछि फोरम कार्यकर्ता र स्थानीयबीच झडप भएको हो।

    झडपपछि स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि समेत ढुंगामुढा भएपछि प्रहरीले हवाई फायर गरेको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए। झडपमा परी चार प्रहरी घाइते भएका छन्। घाइते हुनेमा एक प्रहरी नायव निरीक्षक र तीन जवान रहेका छन्।

    घटनास्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका बारेमा थप अनुसन्धान गर्न बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहको नेतृत्वमा जिल्ला प्रहरीको एक टोली बेल्दारी पुगेको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.