|

सोलुखुम्बुः सोलुखुम्बुको दुधकौशीका गाउँपालिका- ७ देउसामा एक घर जलेर नष्ट भएको छ। स्थानीय बलराम राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपले जलेर नष्ट भएको वडा सदस्य सरिता राईले जानकारी दिइन्।

घर भित्र रहेको सबै सामान, लत्ता कपडा जलेर नष्ट भएको छ। ढुंगामाटोले बनेको घरमा आगलागीको कारण भने खुलेको छैन। घटना स्थलमा नेले प्रहरी चौकीबाट प्रहरी गइसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। क्षतिको विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.