|
फाइल फोटो

काठमाडौं  : प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका १६३ पूर्वसांसदमध्ये ९७ जनाले यो चुनावमा हार बेहोरेका छन्।  चुनावमा पराजित हुनेमा अधिकांश कांग्रेसका पूर्वसांसद छन्।   
एमाले र माओवादी केन्द्रका भने थोरैमात्र सांसद पराजित भएका छन्।  संविधान निर्माणपछि संविधान कार्यान्वयन र आर्थिक विकासका ‘एजेण्डा’ बोकेर जनताको घरदैलोमा पुगेका थोरै मात्र सांसद परीक्षणमा सफल भए। 

निर्वाचनमा होमिएका सांसदमध्ये केही बहालवाला मन्त्रीसमेत थिए। बहालवाला मन्त्रीपूर्वसांसद मोहनबहादुर बस्नेत, यज्ञबहादुर थापा, उदयशमशेर राणा, नरबहादुर चन्द, अम्बिका बस्नेतलगायत पराजित भए। यस्तै सिरहाबाट अजयशङ्कर नायक, नुवाकोटबाट अर्जुननरसिंह केसी र रामशरण महत पराजित भए।  

यस्तै पर्वतबाट तीनपटकसम्म लगातार जितेका अर्जुन जोशी पनि पराजित भए। पर्साबाट अनिल रुगटा, भक्तपुरबाट अनुराधा थापामगर पनि पराजित भइन्।अमरसिंह पुन, अमृतकुमार अर्याल, अशोककुमार राई पनि पराजित भए। राई सुनसरी– १ बाट दोब्बर मतान्तरसहित पराजित भए। 

आनन्दप्रसाद ढुङ्गाना, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, उमेशकुमार यादव ऋषिकेश पोखरेल, कमल थापा, किरण यादव, केशव थापा, कृष्णप्रसाद सिटौला पनि पराजित भए। यस्तै बहालवाला मन्त्री गोपाल दहित पनि बर्दियाबाट पराजित भए।  

बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जाबाट पराजित भए।  यस्तै पूर्व स्वतन्त्र सांसद चन्द्रेश्वर झा, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, चम्पादेवी खड्का पनि पराजित भए।

का‌ंग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत रहनुभएका चिनकाजी श्रेष्ठ गोरखाबाट पराजित भए। एमाले सांसद जनार्दन ढकाल रसुवाबाट पराजित भए।पूर्वसांसदहरू जङ्गीलाल राय, टेकबहादुर गुरुङ, डिगबहादुर लिम्बू, तीर्थबहादुर लामा, दीपक खड्का, दीपकप्रसाद कुइँकेल, दीपक बोहोरा पनि पराजित भए।।बोहरा बहालवाला मन्त्री हुन्। 

राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्ती, बहालवाला राज्यमन्त्री दिलमान पाख्रिन, सांसद दिवानसिंह विष्ट, दीपक गिरी, देवकरणप्रसाद कलवार, ध्यानगोविन्द रञ्जित, नरबहादुर चन्दले पनि जनमत पाउन सकेनन्। 

नरेन्द्र साह कलवार, नवीन्द्रराज जोशी नारायणप्रकाश साउद, नारायणबहादुर कार्की, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, बलबहादुर केसी र वामदेव गौतम पनि पराजित भए।।  एमालेका उपाध्यक्ष गौतम एमालेबाट पराजित हुने एकमात्र शीर्ष नेता हुन्। यस्तै पूर्वसांसद मञ्जु चौधरी, रमेश लेखक पनि पराजित भए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.