|

भद्रपुर (झापा) : मेचीनगर– ६ स्थित काँकडभिट्टा क्याम्पस परिसरमा बिहीवार बिहान आगलागी हुँदा करिब १२ लाख रुपैया बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान ४.४५ क्यान्टिनमा रहेको ग्यास सिलिण्डर चुहावट भई आगलागी हुँदा चौकीदार क्याम्पसमा सञ्चालित क्यान्टिनका सामग्रीहरू जलेर नष्ट भएका हुन् । 

क्यान्टिन सञ्चालक तथा क्याम्पसका चौकीदार नारायण बिष्टका अनुसार कोठामा रहेको लत्ताकपडा, अन्नपात, भाँडा, सुनचाँदी जलेर नष्ट भएको छ। मेची नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहयोगमा आगो डेढ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.