झापा (भद्रपुर) : झापाको काकँडभिट्टा ३ लाख मूल्य बराबरको सामान प्रहरीले बुधवार मध्यरातमा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ स्थित पिंकीठ्याक भन्ने ठाउँबाट उक्त मुल्य बराबरको सामान बरामद गरेको हो।
तस्करीको माध्यमबाट नेपाल हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले टि–सर्ट, ज्याकेट, मोजा लगायतका सामान बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। बरामद गरिएका सामान बिहीबार मेची भन्सार कार्यालय काकडँभिट्टामा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।