|

काठमाडौं : दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट कार्य गरेबापत संयुक्त राष्ट्रसंघीय पदक प्राप्त भएको छ। रोम्बेकमा हालै आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेको ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ।

सन् १९५८ देखि नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ। हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा नेपाली सेना सहभागी भइसकेको छ भने अहिले पनि १४ वटा स्थानमा सेवा प्रवाह गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.