|

सिरहा : सिरहाको लहानमा बिहीबार दिउँसो करिब पौने १ बजे बम विस्फोट हुँदा २ जना सामान्य घाइते भएका छन्।

लहान- १ सहिदचोक गेटनजिकै पुरानो साइकलमा अज्ञात व्यक्तिले राखेको बम विस्फोट भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।

विस्फोटबाट १ जना पैदलयात्री र मोटर साइकलमा सबार १ जना घाइते भएका छन्। उनीहरुको पहिचान खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.