|

संखुवासभा : प्रत्यक्षतर्फ नजिते पनि संखुवासभामा समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। बुधबार राति घोषित समानुपातकितर्फको अन्तिम मत परिणामअनुसार कांग्रेसले सबैभन्दा बढी मत पाएको हो।

१ लाख ४ हजार ४६ मतदाता रहेको संखुवासभामा प्रतिनिधिसभातर्फ ६९ हजार २ सय २३ मत खसेको थियो। जसमध्ये कांग्रेसले २६ हजार ९ सय ९०, एमालेले २५ हजार ९ सय १४, माओवादी केन्द्रले ५ हजार ९ सय ४८, राप्रपाले १ हजार ७ सय १५ र संघीय समाजवादी फोरमले ८ सय १८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए। प्रतिनिधिसभा तर्फ कुल ५ हजार ८८२ मत बदर भएको छ।

यस्तै प्रदेशसभा (क)मा कांग्रेसले १२ हजार ६ सय ४, एमालले १० हजार ६ सय ८२, माओवादी केन्द्रले ४ हजार ६, राप्रपाले २५० र संघीय समाजवादी फोरमले ४ सय ७४ मत प्राप्त गरेका छन्। जसमा ४ हजार ४ सय ६ मत बदर भएको छ।

यस्तै प्रदेशसभा (ख)तर्फ ५२ हजार २ सय ६८ मतदाता रहेकोमा ३५ हजार ३ सय ९७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका थिए। यस क्षेत्रमा भने एमालेले बढी मत पाएको छ। एमालेले १३ हजार ६ सय २३ मत प्राप्त गर्दा कांग्रेसले १२ हजार ६ सय ६३, माओवादी केन्द्रले २ हजार ६ सय २३, राप्रपाले ९ सय ६९ र संघीय समाजवादी फोरमले २ सय ८३ मत प्राप्त गरेका छन्। ४ हजार ३ सय ७३ मत बदर भएको छ।

संखुवासभामा समानुपातिकतर्फ प्रतिनिधिसभामा ४९ दलको सहभागिता रहेको छ भने प्रदेशसभा क र ख मा २७/२७ दलले प्रतिस्पर्धा गरेका छन्। यता प्रत्यक्षतर्फको गणना सम्पन्न भइसकेको छ। प्रत्यक्ष निर्वाचनतर्फ तीनवटै सीट बाम गठबन्धनका उम्मेदवारले जितेका छन्। प्रतिनिधिसभामा एमालेका राजेन्द्र गौतम विजयी भएका छन्। प्रदेश (क) मा माओवादी केन्द्रका पूर्णप्रसाद राई र प्रदेश (ख) मा एमालेका तुलसी न्यौपाने विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.