|

जुम्ला : दिवंगत श्रीमानको सम्झनामा यहाँकी एक महिलाले प्रहरी चौकीलाई २२ लाखको जग्गा दान गरेकी छिन्।

कनकासुन्दरी गाउँपालिका ५ की देविकन्या उपाध्यायले दिवंगत श्रीमान लक्ष्मीनारायण उपाध्यायको सम्झनामा प्रहरी चौकीलाई जग्गादान गरेकी छिन्। उनले जग्गादानका लागि तीनवटा छोराहरुको समर्थन समेत लिएकी छिन्।

देवीकन्याले छोरा पृथ्वीनारायाण, मछ्रिन्द्र र धनन्जयको समर्थनमा जग्गादान गरेकी हुन्।

आफ्नो बुबाको सम्झनामा आमाले जग्गादान गर्न खोजेकोले आफूहरुले समर्थन गरेको जेठा छोरा पृथ्वीनारायणले बताए।

'बुबा लक्ष्मीनारायणको सम्झना रहिरहोस् भन्नका लागि प्रहरीलाई शालिक निर्माण गर्न आग्रह गरेका छौं', मछिन्द्र उपाध्यायले भने।

देवीकन्याले ६ सय ४५ वर्गमिटर जग्गा उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डा. तपन दाहालले जानकारी दिए। प्रहरी चौकीलाई जग्गा नभएका कारण लामो समयसम्म समस्या भएको थियो। दाहालले भने, 'अब जग्गा प्राप्त भएको छ र हामीलाई आफ्नै भवन लगाउने बाटो खुलेको छ।'

जुम्लामा १ ईलाका प्रहरी चौकी र १३ प्रहरी चौकी छन्। सबै प्रहरी चौकी भाडामा रहेको दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.