|

बर्दिया : बर्दियामा प्रतिनिधिसभा सदस्यको समानुपातिक मतमा नेपाली कांग्रेस अगाडि रहेको छ। कांग्रेसले ६६ हजार ८९ मत पाएको छ भने नेकपा एमालेले ४६ हजार ७ सय २८ मत पाएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४५ हजार ६ सय ९८ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ हजार ९ सय ४९ मत, विवेकशील साझा पार्टीले १ हजार ४ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ हजार २ सय ७७ मत पाएको छ। नेकपा मालेले ९ सय ७० मत,  संघीय समाजवादी फोरम, नेपालले ९ सय १, नयाँ शक्ति पार्टीको ७ सय ९२, राष्ट्रिय जनता पार्टी नेपालको ७ सय ४९ मत आएको छ।

नेपाली जनता दलको पक्षमा ५ सय ५ मत, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)को ४ सय ७० मत, राष्ट्रिय जनमोर्चाको २ सय ७७ मत, नेपाल दलित पार्टीको १ सय ९२ मत, नेपाल मजदुर किसान पार्टीको १ सय ८७ मत, राष्ट्रिय जनमुक्ति पार्टीको १ सय ६० मत आएक छ। बाँकी दलको १ सय भन्दा कम मत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.