|

विराटनगर : मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्।

पुनः परीक्षाको माग गर्दै विद्यार्थीले जिपी कोइराला कलेज अफ कृषि संकायका विद्यार्थीले बिहीबार बिहान कार्यालय तोडफोड गरेका हुन्। तोडफोडबाट कार्यालयको झ्यालका शिसा र क्याम्पस प्रमुखको कुर्सी क्षतिग्रस्त भएको छ।

विद्यार्थीले प्रमुख अजयकुमार साहको कुर्सी बाहिर निकालेर जलाएका छन्। तोडफोडमा उत्रिएका विद्यार्थी अहिले पनि धर्नामा बसिरहेका छन्।

पूर्वाञ्चल विश्वविद्यालयले बुधबार लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइमेट चेज विषयको परीक्षाको प्रश्नपत्र आउट भएको भन्दै विद्यार्थीहरुले परीक्षा रद्द गर्न माग गरेका छन्। आफूहरुको माग सुनुवाई नभएसम्म आन्दोलन जारी राख्ने जिएस टीका सभापति अनुप चपाईले बताए।

क्याम्पस प्रमुख अजयकुमार शाहले परीक्षामा प्रश्नपत्र आउट भएको विषयमा विश्वविद्यालयले आन्तरिक अनुसन्धान थालेको बताए। उक्त संकायमा ४७ जना विद्यार्थी अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.