|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले विवेक बानियाँलाई पक्राउ गरेको छ।

बानियाँले गत असारमा राष्ट्रपति भण्डारीविरुद्ध गालीगलौजका शब्द प्रयोग गरेर फेसबुक पोस्ट लेखेको प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। 'राष्ट्रपतिज्यूविरुद्ध अत्यन्त अमर्यादित, अशोभनीय शब्द प्रयोग गरेर स्टाटस लेखेकोबारे नेपाल प्रहरीमा उजुरी परेको थियो, आज उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं', श्रेष्ठले भने।

बानियाँले फेसबुक स्टाटस लेखेपछि उजुरी परेको थियो। त्यसलगत्तै उनी फरार थिए। तनहुँ घर भएका २० वर्षीय बानियाँ हाल काठमाडौं कालिमाटीमा बस्दै आएका थिए। उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ।

बानियाँलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ। यो ऐन अनुसार ५ वर्षसम्म कैद र १ लाख जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.