|

उदयपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लाबाट समानुपातिक निर्वाचन पद्धतितर्फ नेपाली कांग्रेसले सबैभन्दा धेरै मत पाएको छ। निर्वाचन कार्यालयका अनुसार जिल्लाबाट प्रनिनिधिसभामा कांग्रेसले ४० हजार ९ सय ५७ मत ल्याएर पहिलो भएको हो। दोस्रो भएको नेकपा एमालेले ३६ हजार ८ सय १२ मत पाएको छ। नेकपा माओवादी केन्द्रले १८ हजार ४ सय ७७ मत पाएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार संघीय समाजवादी फोरमले २ हजार ६५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले १ हजार ५ सय ३९, विवेकशील साझा पार्टीले ८ सय ६१, नेकपा मालेले ५ सय, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय ८५ मत पाएका छन्।

कार्यालयले दिएको जानकारी अनुसार नयाँ शक्ति पार्टीले ४ सय ४४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले ४ सय ११, नेपाली जनता दलले ३ सय ६०, राष्ट्रिय जनता पार्टी नेपालले ३ सय ४८ र अन्य दलले भने २ सय भन्दा कम मत पाएका छन्।

प्रदेससभातर्फ पनि कांग्रेस पहिलो

प्रदेसभा तर्फ पनि नेपाली कांग्रेसनै पहिलो भएको छ। कांग्रेसले ३७ हजार ६ सय ५३ मत पाएको छ भने एमालेले ३३ हजार ५१३ र माओवादी केन्द्रले १९ हजार ८ सय ५७ मत पाएको छ।

संघीय समाजवादी फोरमले १ हजार ७ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) १ हजार १ सय २०, नेकपा मालेले ८ सय ४२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ७८, विवेकशील साझा पार्टीले ६ सय ३३, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ६ सय ९, नयाँ शक्ति पार्टीले ४९०, राष्ट्रिय जनता पार्टी ३ सय ९६ पाएका छन्। अन्य विभिन्न दलले दुई सयभन्दा कम मत पाएका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ १३ हजार ४२३ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। एक लाख १७ हजार ७ सय ४१ मत खसेकोमा एक लाख ४ हजार ३ सय १९ मतमात्र सदर भएको थियो।

प्रदेससभामा समानुपातिकतर्फ १८ हजार ८ सय ६ मत बदर भएको छ। जसमा एक लाख ७हजार ४३ मत खसेको थियो, जसमा ९८ हजार ९ सय ३६ मत सदर भएको थियो।

उदयपुरका दुई प्रतिनिधिसभामा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. नारायण खड्का र क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका सुरेसकुमार राई निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.