|
फोटो : विवेक बस्याल

काठमाडौं: फिल्म 'साइँली' निर्माण हुने भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। रामबाबु गुरुङले निर्देशन गर्ने यस फिल्ममा गौरव पहारी र मेनुका प्रधान मुख्य कलाकारका रूपमा पक्का भएका छन्।

गत वर्ष सर्वाधिक चर्चामा रहेको गीत थियो साइँली। गीतको भिडियोमा आफ्नी श्रीमतीलाई छोडेर वैदेशिक रोजगारमा गएको परिवारको दुखद विषयलाई उठाइएको थियो। उक्त भिडियोलाई दर्शकले खुबै मनपराएका थिए। अब त्यही कथालाई आधार बनाएर 'साइँली' निर्माण हुन लागेको हो। उक्त गीतको भिडियोमा पनि गौरव र मेनुका नै फिचरिङ थिए।

फिल्म 'साइँली'लाई गौरव पहारी र हेमन्त रानाले निर्माण गर्दै छन्। हेमन्त साइँली गीतका गायक हुन्। साइँलीले उनलाई पनि खुबै चर्चित बनायो। हेमन्त र गौरवको 'जीएच इन्टरटेनमेन्ट'को व्यानरमा निर्माण हुन लागेको यस फिल्ममा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापाको पनि लगानी रहनेछ।

माघको अन्तिम साताबाट छायांकनमा जान लागेको यस फिल्मलाई धनकुटामा खिचिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.