|

भक्तपुर : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ।

एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको हो। नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त दोस्रो भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ।

यसैगरी नेपाली काँग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो भएको छ भने विवेकशील साझा पार्टीले आठ हजार ९५३, माओवादी केन्द्रले सात हजार ४०५, राप्रपा प्रजातान्त्रिकले तीन हजार २६६ र राप्रपाले तीन हजार १८३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए।

भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.