|

कालिकोट : कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने क्रममा एक फ्रान्सेली नागरिक कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा मृत अवस्थामा भेटिएका छन्। सान्नीत्रिवेणी गाउँपालिका रकु नजिकै कर्णाली नदीमा डुंगा पल्टिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी हुम्लादेखि र्‍याफ्टिङ गरेर झरेको हुन सक्ने कालिकोटका प्रहरी नायव उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए। मृत्यु भएका फ्रान्सेली नागरिकको नाम भने खुलेको छैन। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। उनी कहिलेदेखि र कहाँदेखि र्‍याफ्टिङ गर्दै थिए भन्ने नखुलेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.