|

लहान : सिरहाको लहान नगरपालिका– १४ बस्तीपुरस्थित दलित बस्तीमा बिहीबार अपराह्न आगो लाग्दा दुई जलेको छ। स्थानीय बौकु सदायको दुईवटा घरमा आगो लाग्दा अन्नपात, लत्ताकपडा र भाँडा बर्तनसहित सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

आगोले नगद १ लाख २० हजार रुपैयाँसमेत जलेको पीडित परिवारले जनाएको छ। ‘कान्छा छोरा इन्दललाई वैदेशिक रोजगारीका लागि दुबई पठाउन भैंसी बेचेको ७० हजार र गाउँबाट ऋण लिएको ६५ हजार गरी १ लाख २० हजार रुपैयाँ टिनको बाकसमा राखेको थिएँ, त्यो समेत झिक्न पाइँन,’ आँसु झार्दै बौकुले भने’ ‘मजदूरी गरेर जोगाएको दुई क्विण्टल धान र दुई क्विण्टल चामलसहित सबै जलेको छ,’ आगो लहानबाट गएको वारुणयन्त्र र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो।

ओत लाग्ने घर जलेर खरानी भएपछि ९ जना सदस्य रहेको परिवार छिमेकीको गोठमा आश्रय लिन बाध्य भएको छ। आगलागीपछि इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोली घटना विवरण बुझेर फर्किए पनि केही राहत नपाएको बैकुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.