केही जिल्ला माओवादीलाई छाडे पनि समानुपातिकमा एमाले पहिलो

|

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ वाम गठबन्धनले दुई तिहाइभन्दा बढी सिटमा जित हात पार्‍यो। सूर्य चिह्न लिएर चुनाव लडेका २ सहित ८० जना एमालेका र ३६ जना माओवादीका उम्मेदवारले चुनाव जिते। समानुपातिकतर्फ कांग्रेस अघि देखिएका धेरै जिल्लामा प्रत्यक्षमा वाम गठबन्धनले जित हात पारेको छ। तर, दुई जिल्ला भने त्यस्ता छन्, जहाँ वाम गठबन्धनका उम्मेदवारले अपेक्षित नतिजा निकाल्न नकसे पनि पनि समानुपातिकतर्फ एमाले सबैभन्दा अघि देखिएको छ।

रसुवा

रसुवामा वाम गठबनधनका उम्मेदवारले प्रत्यक्ष तथा प्रतिनिधिसभामा एक सिट पनि जित्न सकेनन्। प्रतिनिधसभामा कांग्रेस उम्मेदवार र प्रदेशसभामा कांग्रेस र नयाँशक्तिका १/१ स्थानमा विजयी भएका हुन्। तर, समानुपातिक तर्फको नतिजा आउँदा यो जिल्लामा एमालेले सबैभन्दा बढी मत पाएको छ।

रसुवामा एमालेले ७ हजार ८२२ मत प्राप्त गरेको छ भने प्रतयक्षतर्फ जितेकाे कांग्रेसले ६ हजार ९९७ मत प्राप्‍त गरेको छ। त्यस्तै नयाँ शक्तिले ६ हजार ५९७ र माओवादी केन्द्रले १ हजार ८२३ मत प्राप्त गरका छन्।

सुनसरी

मतगणणना जारी रहेको सुनसरी जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ३ र एमाले १ क्षेत्रमा विजयी भएका छन्। पछिल्लो परिणाम अनुसार समानुपातिकमा एमालेले अग्रता कायम गरेको छ। शुक्रबार दिउँसो १ बजेसम्मा एमालेले ८६ हजार ८१ मत प्राप्त गरेको अग्रता कायम गरेको छ। कांग्रेसले ७५ हजार ६८० र माओवादी केन्द्रले १५ हजार ४४५ मत प्राप्त गरेको छ।

सिराहामा एमालेको अग्रता

समानुपातिक तर्फको मत गणना जारी रहेको जिल्ला सिराहामा प्रतिनिधिसभातर्फ ४ मध्ये कांग्रेस, राजपा, एमाले र माओवादी केन्द्रले १/१ सिट जितेको र प्रदेश सभा सहितमा गर्दा कांग्रेस उम्मेदवार बढी स्थानमा विजयी भएका छन्। तर, समानुपातिकमा एमालेले अग्रता कायम गरेको छ।

हालसम्म एमालेले ५२ हजार ७१६,कांग्रेसले ५२ हजार ५४३ संघीय समाजवादीले ४७ हजार ८५७ मत प्राप्‍त गरेका छन्।

र यो पनि

वाम गठबन्धनका दुई दलले सिट बाँडफाडका क्रममा जहाँ जसको बढी मत छ त्यसै आधारमा सिट बाँडफाड गर्ने  नीति अपनाएका थिए। माओवादीले एमालेलाई सघाएको र एमाले उम्मेदवार विजयी भएका जिल्लाहरुमा समानुपातिकतर्फ पनि एमालेलाई नै बढी मत प्राप्‍त भएको छ। तर, केही जिल्लामा प्रत्यक्षमा माओवादीलाई एमालेले सघाए पनि समानुपातिकमा एमालेले नै बढी मत ल्याएको छ।

भोजपुरको प्रतिनिधसभातर्फ माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छन्। तर, समानुपातिकमा एमालेलेले सबैभन्दा बढी मत प्राप्त गरेको छ। एमालेले २५ हजार ९९ मत प्राप्‍त गरेको छ भने कांग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत प्राप्‍त गरेका छन्।

रामेछापमा पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ माओवादीले जित्यो, तर समानुपातिकको प्रतिनिधसभामा एमालेले बढी मत ल्याएको छ। रामेछापमा एमाले २६ हजार ८५२ कांग्रेसले २६ हजार ६२७ मत प्राप्‍त गरेर्का छन्। प्रतिनिधिसभा जितेको माओवादी केन्द्रको समानुपातिकतर्फ १९ हजार ४३७ मत प्राप्‍त गरेको छ।

लमजुङमा पनि प्रतिनिधसभामा एमालेले माओवादी केन्द्रका उम्मेदवारलाई सघाएको हो। तर, समानुपातिकमा एमालेले बढी मत ल्यायो। लमजुङमा एमालेले ३३ हजार ३०९, कांग्रेसले २७ हजार २२९ र माओवादी केन्द्रले ७ हजार ८०९ मत प्राप्‍त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.