|

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस १६५ सिटमध्ये २३ मा विजयी भएको छ। सरकारको नेतृत्व गरिरहेको कांग्रेसको यो हारलाई विभिन्न कोणबाट व्याख्या गर्न थालिएको छ। यो हारको एक कारण मानिएको छ, विपक्षी दलहरुको गठबन्धन।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ मा दुई चरणमा भएको निर्वाचनका लागि दुई ठूला कम्युनिस्ट राजनीतिक पार्टीहरु वाम गठबन्धन बनाएर मैदानमा उत्रिएका थिए। त्यसको सामना गर्न नेपाली कांग्रेसले पनि 'लोकतान्त्रिक गठबन्धन' बनायो तर औपचारिक रुपमा घोषणा भने गरेको थिएन।

'लोकतान्त्रिक गठबन्धन' र सरकारमा रहनुको सहुलियत लिएर मतदाताकोमा पुग्दासमेत नेपाली कांग्रेसका उम्मेदवारहरुले मतदाताको मत दिनेगरी मन तान्न सकेनन्।

२०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको कांग्रेस त्यतिबेलाका दोस्रो र तेस्रो बनेका दलहरु एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर निर्वाचनमा जाँदा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ कांग्रेस तेस्रोमा पुग्यो। त्यतिबेला दोस्रोमा रहेको नेकपा एमाले ८० निर्वाचन क्षेत्रमा जितेर पहिलो र तेस्रोमा रहेको माओवादी केन्द्रले ३६ सिटमा विजय हासिल गरेर कांग्रेसलाई उछिन्दै दोस्रो बन्यो।

कांग्रेसको प्रत्यक्षमा भएको यो पराजयका पछाडि वाम गठबन्धन प्रमुख रह्यो। जबकी कांग्रेसले समानुपातिकमा एमालेको हाराहारी मत पाएको छ।

यो समाचार तयार पार्दासम्म समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। जसमा कांग्रेस झिनो मतले दोस्रोमा सीमित भएको छ। कांग्रेसका उम्मेदवारहरुले प्रत्यक्षमा हार बेहोरेका १७ जिल्लाको समानुपातिकमा भने अग्र स्थानमा देखिएको छ। त्यस्तै, कतिपय जिल्लामा उम्मेदवारहरु ठूलो मतान्तरले पराजित हुँदा समानुपातिकमा भने कांग्रेसको पक्षमा झिनो मतान्तरले दोस्रो स्थान प्राप्त भएको छ।

कांग्रेसले समानुपातिकमा पहिलो भएका जिल्लामध्ये कुनैमा केही सयको मतान्तर छ भने कुनैमा १५ हजारसम्मको मतान्तर रहेको छ। त्यस्तै, १५ हजारभन्दा बढी मतान्तरले समानुपातिकमा कांग्रेस पहिलो बनेको जिल्ला हो, कैलाली।  यो जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ५ निर्वाचन क्षेत्र रहेका छन्। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती डा. आरजु राणा देउवा यो जिल्लाबाट उम्मेदवार बनेकी थिइन्।

यो जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका नारदमुनि राना र झपटबहादुर रावल, माओवादीका लेखराज भट्ट र गौरीशंकर चौधरी तथा राष्ट्रिय जनता पार्टी नेपालका रेशमलाल चौधरी निर्वाचित भएका छन्।

समानुपातिकमा कैलालीबाट नेपाली कांगेसले धेरै मत हासिल गरेको छ। मतगणना जारी रहेको कैलालीमा यो समाचार तयार पार्दासम्म कांग्रेसले ७८ हजार ४०९ मत ल्याएर अग्र स्थान हासिल गरेको छ। यहाँ कांग्रेस नै पहिलो हुने निश्चित भइसकेको छ। समानुपातिकको दोस्रो स्थानमा भने नेकपा एमाले रहेको छ, उसले ६३ हजार २३४ मत प्राप्त गरेको छ।

त्यस्तै, दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा पनि नेपाली कांग्रेस समानुपातिकमा पहिलो भएको छ। कांग्रेसका दुई ठूला नेताहरु डा. रामशरण महत र अर्जुननरसिंह केसीले प्रत्यक्षमा हार बेहोर्दा नुवाकोटको समानुपातिक मत भने कांग्रेसको खातामा धेरै गएको छ। यहाँ कांग्रेसले ४७ हजार ४५९ मत प्राप्त गर्दा दोस्रोमा रहेको एमालेले ३९ हजार ५७० मत प्राप्त गरेको छ।

हेर्नुहोस्, यी १७ जिल्ला, जहाँ कांग्रेसले प्रतिनिधसभाको प्रत्यक्षमा पराजय व्यहोरे पनि समानुपातिकमा पहिलो बन्यो:

(समानुपातिकमा नेपाली कांग्रेस पहिलो भएको जिल्लमा प्राप्त मत र दोस्रो भएको दल र प्राप्त गरेको मतसहित।)

दार्चुला- 

कांग्रेस  २१,४६८
एमाले  २०,६०२

 

बझाङ-

कांग्रेस  २४,७५५
एमाले  २४,४८७

 

कञ्चनपुर-

कांग्रेस ६०,०६७
एमाले ५५,०९२

 

डोटी -

कांग्रेस २८,१०४
एमाले २५,४८४

 

कैलाली -

कांग्रेस ७८,४०९
एमाले ६३,२३४

 

हुम्ला -

कांग्रेस ७,९३२
माओवादी ५,८६४

 

मुगु -

कांग्रेस ६,७५२
एमाले ६,५९२

 

सुर्खेत -

कांग्रेस ४१,१८४
एमाले ३९,०४८

 

जाजरकोट -

कांग्रेस २०,४८६
एमाले १७,६७१

 

बाँके -

कांग्रेस ५०,८५६
एमाले ४८,६९७

 

दाङ -

कांग्रेस ५०,८५६
एमाले ४८,६९७

 

बाग्लुङ -

कांग्रेस ३५,६३८
एमाले ३०,६३५

 

मनाङ -

कांग्रेस १,९४६
माओवादी १,४३०

 

गोरखा -

कांग्रेस ३५,४१९
माओवादी ३४,७३३

 

नुवाकोट -

कांग्रेस ४७,४५९
एमाले ३९,५७०

 

धनुषा -

कांग्रेस ५२,१२६
राष्ट्रिय जनता पार्टी, नेपाल ४२,०३९

 

संखुवासभा -

कांग्रेस  २६,९९०
एमाले २५,९१४

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.